देख्ने बित्तिकै फोटो छोएर ॐ लेखी दर्शन गरौ, तपाईले नसोचेको ७ दिन भित्र मनोकामना पूरा हुनेछ

दे’ख्ने बित्तिकै फोटो छोएर ॐ लेखी एक सेयर गरि द’र्शन गरौ, तपाईले नसोचेको ७ दिन भित्र मनोकामना पूरा हुनेछ।

आध्यात्मिक, जैविक, आर्थिक र पर्यावरणीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको कालीगण्डकी नदीमा पाइने विश्वकै बहुमूल्य शिला शालिग्राम अवैधरुपमा गरिएको व्यापक नदी दोहनका कारण गिटीमा परिणत हुँदै गएको छ ।

नदीको वातावरणीय र पारिस्थितिक स्थितिमा नै खतरा उत्पन्न हुनेगरी भइरहेको नदी दोहनले कालीगण्डकी नदीको जलचक्र प्रणाली पनि खल्बलिन पुगेको र मानव जाति एवं प्रकृतिमाथि सङ्कट निम्ताइरहेको संरक्षणकर्मी बताउँछन् ।

नदीबाट जथाभावी डोजर र स्काभेटरको प्रयोग गरी गिटी, बालुवा र ढुङ्गा निकाल्दा धार्मिक र आर्थिक महत्वलेयुक्त शालिग्राम शिला गिटीमा परिणत हुँदै गएका शालिग्रामका अध्येता रङ्गराज आचार्यले बताउनुभयो ।

शालिग्रामको धार्मिक महत्व आचार्यका अनुसार भगवान विष्णु पतिब्रता वृन्दाको श्रापका कारण शिलास्वरूप भई गण्डकीक्षेत्रमा रहनु भएकाले शालिग्रामलाई भगवान् विष्णुको अंश मानेर हिन्दूधर्मावलम्वीले पूजा गर्ने गर्दछन् ।

त्यसका साथै पञ्चतत्वले बनेको मानव शरीर संरक्षण र सम्वद्र्धन गर्न गणेश, शिव, विष्णु, देवी, सूर्यस्वरूप पाञ्चायन पूजा गर्ने गरिन्छ । मृत्युशैयामा रहँदा शालिग्रामको जल, कुशको आसन, मुखमा तुलसी रहेमा त्यस व्यक्तिलाई मोक्ष प्राप्त हुने विष्णु पुराणमा उल्लेख छ ।

ब्रह्मपुराणमा पनि शालिग्रामबारे चर्चा गरिएको छ । सो पुराणमा शालिग्रामको आकार, लक्षण र वर्णको विस्तारपूर्वक वर्णन गरिएको छ । त्यसमा उल्लेख भएअनुसार शालिग्राम पूजाबाट जीवनको परम उद्देश्य धर्म, अर्थ, काम र मोक्ष चारै किसिमका पुरुषार्थ प्राप्त हुन्छन्