शिव भगवान देख्नेबित्तिकै दर्शन गरि सेयर गर्नुहोस् तपाईंको सम्पुर्ण काम बन्नेछ

के हो शिवलिङ्ग् ? किन यसको पूजा गरिन्छ ? यस्ता छन् यसलाई पूजा गर्ने कारणहरु ! शिवलिङ्ग हिन्दु देवता शिवको स्वरूप, प्रतिक वा निशान मानिने प्रतिमाविहीन चिह्न हो । शिवलिंगलाई सामान्यतः गोलाकार मूर्तितलमा राखिएको हुन्छ जसलाई योनी, पीठम् वा पीठ भनिने गरिन्छ ।

प्राय: जसो मानिसले शिवलिङ्ग भन्नाले शिवको लिङ्ग भनेर बुझ्दछन । लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ । शिवलिङ्गको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ ।

भनिन्छ शिवलिङ्ग हिन्दु देवता शिवको स्वरूप मानिने लिङ्ग आकारको मूर्ति हो । यो देवी शक्ति वा पार्वतीको प्रतिक मानिने योनीमाथि रहने गर्छ । शिव भनेको ईश्वरको एउटा नाम हो । लिङ्ग भनेको संस्कृत शब्द हो जसको अर्थ चिन्ह हो । शिवलिङ्गको अर्थ हुन्छ ईश्वरको कल्याणकरी स्वरूपको प्रतिक ।

शिवलिङ्ग बास्तबमा प्रकृति र पुरुषको प्रतिक हो । यसको तलको गोलाकार भाग प्रकृती हो भनेको माथीको भाग पुरुष हो । जब प्रकृती र पुरुष मिल्छ तब मात्र सारा सृष्ठी सम्भव हुन्छ । चेतन पुरुषले अचेतन वा जड प्रकृतिमा बिज स्थापना गरेपछी मात्र नै सृष्ठी सम्भव छ ।

लिङग पुराण अनुसार शिवलिङ्ग बास्तबमा निराकार चिन्ह हो, सम्पुर्ण प्राणीहरुको सिर्जनाको आधार हो । यो ब्रह्माण्डमा जति पनि सृजित बस्तु छन ती सब प्रकृती र पुरुषको संयोजनबाट बनेका छन ।

ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो । यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिङ्गका रुपमा चिनिन्छ । ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिङ्गमा निहित हुन्छ । वास्तवममा शिवलिङ्ग हाम्रो ब्रह्माण्डको आकृति हो ।शिव शम्भु आदि र अन्तका देवता हुन् उहाँको न कुनै स्वरूप हुन्छ न आकार उहाँ निराकार हुनुहुन्छ ।

आदि, अंत नभएको कारण लिङ्गलाई शिवका निराकार रूप मानिएको हो तेसैले शिवको साकार रूप मानी भगवान शंकर मानेर शिवलिङ्ग रूपको पूजा गरिएको हो । केवल शिव लाई नै निराकार लिङ्गको रूप मा पूजा गरीन्छ ।

ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो । यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिङ्गका रुपमा चिनिन्छ । ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिङ्गमा निहित हुन्छ ।

वेदमा उल्लेख भएअनुसार वेद र वेदान्त मा लिङ्ग शब्द सूक्ष्म शरीर को लागी हो यो सूक्ष्म शरीर १७ तत्वले बनेको हुन्छ। मन, बुद्धि, पांच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, र पाँच वायु। वायु पुराण को अनुसार प्रलयकालमा समस्त सृष्टि जहाँ लीन हुन्छ र पुनः सृष्टिकालमा जहाँबाट प्रकट हुन्छ तेसैलाई लिङ्ग भनिन्छ ।

यस प्रकार विश्व को सम्पूर्ण ऊर्जा नै लिङ्गको प्रतीक हो । पौराणिक कथा अनुसार जब समुन्द्र मन्थनको समय सम्पुर्ण देवताहरू अमृतको आकांक्षी थिए तर मन्थनबाट सारा संसार को समाप्त गर्न सक्ने कालकुट विष आयो र उक्त विष लाइ भगवान शिव ले सहजता पुर्बक आफ्नो कण्ठ मा धारण गरेर ‘नीलकण्ठ’ हुनु भयो र सन्सार लाइ त बचाउनु भयो तर समुद्र मन्थन को समय निक्लीयको उक्त विष ग्रहण गरेको कारण भगवान शिव को शरीरमा दाह बढ्यो र त्यो दाहलाई सान्त गर्नको लागी शिवलिङ्गमा जल चढाउने परम्परा प्रारम्भ भएको हो र यो आज सम्म पनि चलिरहेको छ ।

श्री शिवमहापुराण को सृष्टिखण्ड अध्याय १२ श्लोक ८२ देखी ८६ मा ब्रह्मा जी को पुत्र सनत्कुमार जी वेद व्यासजीको उपदेश दिँदै भन्नु हुन्छ हर गृहस्थीले देहधारी सद्गुरूबाट दीक्षा लिएर पञ्चदेव (श्री गणेश, सूर्य, विष्णु, दुर्गा, शंकर)को प्रतिमा को नित्य पूजा गर्नु पर्छ किनकी शिव नै सबको मूल हो, मूल (शिव) को पुजा पाठले सबै देवता प्रसन्न हुन्छन् तर अरू देवताहरू प्रशन्न गरेपनि प्रभु शिव भने तृप्ति हुँदैनन् ।

यसकारण श्री शिव महापुराण सृष्टिखण्ड अनुसार सृष्टिको पालनकर्ता विष्णुले एक पटक, सृष्टिको रचयिता ब्रह्माको साथ निर्गुण-निराकार-अजन्मा ब्रह्मा (शिव) को प्रार्थना गर्नुभयो ‘भोलेनाथ हजुर कसोगरी प्रशन्न हुनुहुन्छ’ प्रभु शिवले भन्नुभयो, ‘यदि मलाई प्रसन्न गर्ने हो भने शिवलिङ्गका पूजा गर्नु ।

जब-जब कुनै प्रकार को संकट वा दु:ख हुन्छ शिवलिङ्गमा पूजा गर्नाले समस्त दुःखको नाश हुन्छ । जब देवर्षि नारदले श्री विष्णुलाई श्राप दिए र पछि पश्चाताप गर्नुभयो तब श्री विष्णुले नारदजीलाई पश्चातापको लागी शिवलिङ्गको पूजा, शिवभक्तको सत्कार, नित्य शिवशत नामको जप गर्न बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *