भगवान गणेशको कृपा पाउन गर्नुहोस् यी काम !

हिन्दु धर्ममा मंगलबार विघ्नहर्ता गणेशको पूजा गर्ने बारको रुपमा मानिन्छ । यस दिन भगवान गणेशको पूजा वा आरधना गरेमा गणेश कृपा पाउन सकिने धार्मिक विश्वास छ ।

धार्मिकमान्यता अनुसार मंगलबार व्रत राख्दा वा भगवान गणेशको पूजा गर्दा जीवनका सबै कष्ट निवारण हुने र सफलता हात लाग्ने विश्वास गरिन्छ ।

यसका साथै, सन्तान प्राप्तिको इच्छा, आर्थिक संकट, बाधा सहित मनोकामनामा पनि मनोवाञ्छित फल पाउन गणेश प्रसन्न पार्नुपर्ने धार्मिकविश्वास छ ।

मंगलबार गर्ने उपाय:– यस दिन दुबो चढाएर गणेश आराधना गरे जीवनका कष्ट निवारण हुने विश्वास गरिन्छ ।– यस दिन गणेशलाई बेसारको गाठो अर्पित गरे जीवन दुखः हरण हुने विश्वास गरिन्छ ।– गणेशलाई लड्डु प्रिय छ, तसर्थ यस दिन भोग लगाए जीवन में सुखसमृद्धि आउने गर्दछ ।

– गणेश आशीर्वाद र कृपा प्राप्त गर्न मंगलबार सिन्दूर अर्पण गर्ने र टिका लगाउनु पर्दछ ।– घर में सुखशान्ति बनाइराख्न शमीको पात गणेशलाई अर्पण गर्नु पर्दछ ।

थप समाचार :नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नहुने ।नीमका डाँठ, जरा, बोक्रा र फल सबैमा शक्तिवर्द्धक तत्व विद्यमान हुन्छन् अनि रोगविरुद्ध लड्छन् ।

यसको बोक्रा विशेषगरी औलो र छालासम्बन्धी रोग निको पार्नका लागि उपयोगी हुन्छन् ।नीममा मधुमेह, क्यान्सर, मुटुरोग, एलर्जी लगायतका कैयौं रोगसँग लड्ने क्षमता हुन्छ । आयुर्वेदमा यसलाई सर्वरोगनिवारिणी भनिएको छ ।पृथ्वीमा जीवन सूर्यको शक्तिबाट नै चलेको हुन्छ । सूर्यको ऊर्जाबाट जन्मेको तमाम जीवहरूमा नीमले नै सबभन्दा बढी सूर्य ऊर्जा सोसेको छ ।

त्यसैले यसलाई रोगनिवारक मानिएको छ । नीमको एक पातमा १५० भन्दा धेरै रासायनिक प्रबन्ध हुन्छ । यस धर्तीमा पाइने पातहरूमा नीमको पात नै सबैभन्दा जटिल हुन्छ ।नीमको पातले मानसिक रोग, दन्तरोग, छालाको रोग लगायत धेरै रोग निको पार्छ । तपाईंले घरमा नीम रोप्नुभएको छ भने तपाईंमा यसको राम्रो प्रभाव पर्छ ।

शरीरमा करोडौं ब्याक्टेरिया हुन्छन् । तीमध्ये धेरैजसो ब्याक्टेरियाहरू हानिकारक हुन्छन् । ती हानिकारक ब्याक्टेरियालाई मार्नका लागि नुहाउनुअघि शरीरमा नीमको लेप लगाउनुस् र शरीरमै सुक्न दिनुस् । त्यसपछि पानीले मजाले धुनुस् । तपाईंको शरीरका सारा ब्याक्टेरिया नष्ट हुन्छन् ।

यसको विकल्पमा नीमका केही पात पानीमा राखेर रातभरि छोडिदिनुस् अनि बिहान उठेर त्यो पानीले शरीर नुहाउनुस् ।नीमले तपाईंको शरीर प्रणालीलाई सफा राख्छ । यसले गर्मी पैदा गर्छ र शरीरमा तीव्र एवं प्रचण्ड ऊर्जा उत्पन्न गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *