संसारकै सबैभन्दा सानो पुन्टेगाई ॐ लेखि शेयर गर्नुहोस्

काठमाडौँ । एउटा अनौठो पुड्के गाई सामाजिक संजालमा भाइरल बनेको छ । खबर हो बंगलादेशको । अन्तराष्ट्रिय मिडियाका अनुसार बंगलादेशको चरिग्रामस्थित एक फार्ममा भेटिएको उक्त गाई २१ सेन्टिमिटरको रहेको बताइएको छ ।

२८ केजी तौल रहेको उक्त गाईको लम्बाई २१ सेन्टिमिटरको रहेको छ । रानी नाम गरेको उक्त गाई २३ वर्षको रहेको छ । फार्म संचालन हसन हाउलाडरका अनुसार उक्त गाई संसारकै सबैभन्दा सानो गाई भनेर गिनिज बुक अफ वल्ड रेकर्डका लागि दर्ता गर्ने तयार थालिएको छ ।

फार्म संचालकले रानीलाई अन्य गाईहरुको बथानबाट छुट्टै राखेर रेखदेख गर्ने गरेका छन् । अन्य गाईको तुलनामा केही फरक रहेको उक्त गाई बाहिर हिड्न डुल्न मनपराउने स्वभावको रहेको छ । उसलाई लामो बाटो हिँड्न पनि समस्या देखिएको फार्म संचालन हसन हाउलाडरले बताए ।

उक्त अनौठो गाईलाई हेर्नका लागि अहिलेसम्म १५ सय बढी मानिसहरु फार्ममा पुगेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस
स्थानीय निर्वाचन परिणामले नेपालका प्रमुख दलहरुमध्ये मुख्य दुई वाम दल एमाले र माओवादीमा गम्भीर छटपटी भइरहेको छ। निर्वाचन परिणामले एमालेलाई गहिरो धक्का दिएका कारण विशादमा डुवेजस्तो प्रतित हुँदैछ।

माओवादीले गत निर्वाचनको भन्दा केही तहमा बढी जित निकाले पनि सन्निकट संघीय निर्वाचनले उसलाई चर्कै बेचैन बनाएको प्रचण्डको दौडधुपले स्पष्ट गरेको छ । स्थानीय निर्वाचनबाट पहिलो दल बनेको र आगामी संघीय निर्वाचनबाट पनि त्यही हैसियत कायम गर्ने मनसुवा पालेको कांग्रेस दुइ वाम दलका क्रियाकलापबाट अत्तालिनु अस्वभाविक होइन ।

तर पनिे नेकाको बलियो आशा के छ भने आगामी चुनाव पनि हालै सम्पन्न स्थानीय चुनावकै जस्तो निरन्तरता हुनेछ, त्यसो भएमा प्रचण्डको कुनै बेलाको चर्चित भनाई ‘ढाडमा टेकेर टाउकोमा हान्ने‘ नीति अनुसार देउवाले प्रचण्डको ढाडमा टेकेर ओलीलाई हिर्काउन सफल हुनेछन् । ओलीले पाएको चोटबाट प्रचण्डले सन्तोष लिनुपर्ने वाध्यता नेपाली अग्रगामी राजनीतिको दुःखद विडम्वना हो ।

त्यसैगरी ओलीले प्रचण्डको ‘पत्तासाफ‘मा विजयी ठान्ने जस्तो दुर्दान्त राजनीतिक जमिनले नेपालकै भूसतह अरुकसैका लागि दुरुपयोग हुने खतरा त उत्पन्न भएको छै्रन भन्नेतर्फ विभिन्न विषयका बेत्ताहरुले अध्ययन गर्न थालिसकेको हुनु पर्दछ । यो बेग्लै छलफलको विषय हो ।

स्थानीय निर्वाचनमा देखिएको विचित्र गठबन्धनको गलफत्तीले र वाम दलको विश्रृंखलताले फगत कांग्रेसलाई बलियो बनाउने एकमात्र उद्धेश्य पूरा गरेको तथ्य कुनै कोणबाट पनि खण्डन हुनसक्दैन । तलतिर कांग्रेस बलियो भइरहँदा माथितिर आगामी राजनीतिक परिदृश्य कस्तो होला भनेर आंकलन शुरु हुनु अस्वभाविक होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *