सुत्नु अघि नाग मणि देवताको दर्शन गरि ॐ लेखेर शेयर गर्नुहोस् धन लाभ हुने विश्वास ॐॐॐ

आफु लाइ जति सुकै सबारे पनि, आफ्नो नामको अगाडी (पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुवि धा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छस त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ।

हामी कसरी कंगाल भयौरु हाम्रो कंगालपनकोकारण के हुन सक्लारुके हामी भोतिक रुपमा मात्र गरिब छौ ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ। प्राकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्।

हाम्रो तराइले हामी सबै लाई प्रसस्त खुवाएर बङगलादेशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ। हाम्रा पहाडका नदी नालाहरु, सारा देशलाई उज्यालो पारेर, सबलाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर, भारतबाट बिदेशी मन्द्रा आर्जन गर्न सक्ने क्षमताबान छनस तर हामीसंग बिजुलि निकाल्ने बिध्या छैनस हामी त्यसैले गरीब छौ।

हाम्रा हिमालहरुले हामीलाई प्रसस्त बिदेशी मुन्द्रा दिन सक्छनस तर हामीलाई पर्यटन ब्यबसायको ज्ञान छैन, बिदेशी मुन्द्रा तान्न

सक्ने कला छैनस हामी त्यसैले गरिब छौ। सधै भुइचालो गैरहने,र समुन्द्री तुफानहरुले सताइ राख्ने भुमिलाई जापनिजहरु ले, एक उदाहरणीय देशको रुपमा चिनाए।

हामी जहिले पनि देशको भुपरिबेष्ठिता लाई दोष दिदै उम्कन खोज्छौ। यथार्थमा हामी लाई कंगाल बनाउने हाम्रो आफ्नो अप्रगतिशील समाजिक संरचनाहो, हाम्रो आफ्नो गलत धारणा हो, हाम्रो आफ्नो कुसंस्कार हो, हाम्रो आफ्नो आलशीपन हो, हाम्रो आफ्नो दुर्गतिशील बिचारधारा हो। हाम्रो भोतिक कंगालपन हाम्रो बैचारिक कंगालपनको प्रतिबिम्ब मात्र हो।

हामी यति कंगाल छौ कि आफ्ना पुर्बजहरुले कमाई दिएको अमुल्य मणिलाई, नचिनेर ढुङगा सरह ठान्छौ।त्यसको ज्वलन्त उधाहरण हो “दशा”।गरीब देशका गरीब नागरीक हामी नेपाळि का लागी दुख एक घनिष्ठ सम्बन्धी हो, जहांकी आज भन्दा २५०० बर्ष अघी, यस धर्तीका एक महापुत्रले संसार लाई दुख बिनासको बाटो देखाएका थिए।ति महापुरूष बुद्ध का बाणीहरु आजपनि परिशुद्द अबस्थामा पाईन्छन्।

ईमे दुख्ख निरोध गामीनी पतिपदा।यो दुखलाई जरैबाट उखेल्ने बाटो हो।सब्बथ संबरो भिक्खु सब्ब दुख्ख पमुच्चति।दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं।दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं।

दुख के हो जान्नु, दुखको उत्पति जान्नु, दुखको बिनास जान्नु, र दुख बिनास गर्ने बिध्या जान्नु।शिद्दार्थ गोतम जीबनका दुखलाई देखेर ती दुखबाट छुटकारा पाउने बिध्या खोज्न हिडेका थिय।छ बर्षको खोजि पछि उहांले दुख नास गरने बाटो पत्ता लगाएको ऐलान गर्नु भयो र त्यो बाटोमा हिड्न सिकाउदै हिड्नु भयो।

आज आफुलाइ बिद्वान मान्दै हिड्नेहरु,बिषयको जान कारी बिना प्रतिकृया दिन मन पराउछन्, तर बुद्धको मातृ भुमिमा उहांको शिक्षाको बारेमा जान्ने मान्छेहरु नगन्य मात्रामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *