लक्ष्मीलाई धन तथा सुखकी देवीको रुपमा पूजिन्छ ।

लक्ष्मीलाई धन तथा सुखकी देवीको रुपमा पूजिन्छ । हरेक व्यक्ति आफ्नो घरमा लक्ष्मीको वास होस् भन्ने चाहन्छन्। अधिकांश मानिसले कुनै न कुनै रुपमा लक्ष्मीलाई आफ्नो घरको पूजा कोठामा स्थापित गरेका पनि हुन्छन् । तस्विर होस् या मूर्ति, लक्ष्मीको रुप हरेक घरमा देखिन्छ । सायदै मानिसलाई मात्र थाहा होला, लक्ष्मीको कुन चाहिँ प्रतिमा आफ्नो लागि शुभ हुन्छ भनेर । लक्ष्मीको यस्ता मूर्तिले तपाईंको घरमा सुख, समृद्धि ल्याउन सक्छ ।

यदि तपाईंसँग लक्ष्मीको मूर्ति छैन भने शुक्रबारको दिन तपाईंले लक्ष्मीको मूर्ति स्थापना गर्न सक्नु हुनेछ । शास्त्रअनुसार धन सम्बन्धी आवश्यकताको पूर्ति गर्ने हो भने महालक्ष्मीलाई प्रसन्न पार्न आवश्यक हुन्छ । महादेवीलाई प्रसन्न पार्न प्रत्येक दिन यस किसिमले विधिवत रुपमा पूजा गर्नु पर्ने हुन्छ ।

यसका साथै जुन घरमा सुन तथा चाँदीले बनेको महालक्ष्मीको मूर्ति राखिन्छ त्यस घरमा कहिल्यै पनि गरिबीको बास नहुने धार्मिक विश्वास रहिआएको छ । पैसासँग जोडिएको समस्यालाई हटाउनका लागि महालक्ष्मीका साथै भगवान विष्णुको पूजा गर्नु उपयुक्त हुन्छ । देवी लक्ष्मी भगवान विष्णुकी पत्नी हुन् । त्यसैले विष्णुको पूजा गर्ने भक्तप्रति धनकी देवी लक्ष्मीको विशेष कृपा रहने विश्वास गरिन्छ ।

किन महत्वपूर्ण छ सुन र चाँदीको मूर्ति ?: जुन घरमा सुन वा चाँदीबाट बनेको महालक्ष्मीको मूर्ति हुन्छ त्यहाँ देवी लक्ष्मीको कृपा सदैव हुन्छ । साथै, हेरक दिन सुन वा चाँदीको उक्त मूर्तिलाई पूजा गरिनु पर्ने छ । सुन वा चाँदीबाट बनेको मूर्तिको पूजा गर्ने श्रद्धालु भक्तले कहिल्यै पनि दरिद्रताको सामना गर्न नपर्ने धार्मिक विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *