साउन १७ गते मङ्गलबार , हेर्नुहोस यस्तो छ तपाइको राशिफल

मेष । आज घर परिवारसँग समय व्यतीत हुनेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । धार्मिक र सेवामूलक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

बृष । हिँडडुल र यात्राबाट हानी हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाको बिच खिन्नता बढ्नसक्छ छ, तर साँझमा शुभ समाचार पाइनेछ ।

मिथुन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मान प्रतिष्ठामा वृद्धि होला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

कर्कट । आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह । बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।

कन्या । दबाब र तनाव बढेको महसुस हुनेछ । शरीरमा आलस्य आउला । प्रेम सम्बन्धमा खिन्नता बढ्न सक्छ, तर घर जग्गाबाट भने लाभ मिल्नेछ ।

तुला । आज बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

बृश्चिक । कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

धनु । आज मान्यजन सँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । अर्थमूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मकर । आज भाग्यले साथ दिए पनि मनमा उत्पन्न दुबिधा उत्पन्न हुन सक्छ । अवसरवादीहरूले काम बिगार्न सक्छन् , तर शेयर बजारले साथ दिनेछ ।

कुम्भ । आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।

मीन । आज नयाँ कार्यको योजना बन्ला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग पनि मिल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *