आफ्नो राशि अनुसार रोज्नुहोस् यी पेशा, हुनुहुनेछ मालामाल

वास्तुशास्त्रमा कुनै पनि काम सुरु गर्नुपूर्व ज्योतिषसँग परामर्श लिने गरिन्छ। राशि अनुसार काम नगर्दा कतिपयलाई असफलता मिल्ने गर्दछ। ज्योतिषशास्त्रका अनुसार कुन राशिले कुन काम गर्दा शुभ हुन्छ ? हेरौँ,

मेषः मेष राशि भएका व्यक्तिलाई व्यापारका तुलनामा जागिर राम्रो हुन्छ । बास्तुसँग सम्बन्धित काम गर्दापनि मेष राशिलाई फाइदा हुन्छ । सरकारी क्षेत्रमा रार्मो गर्न सक्ने यो राशिले फलामको काम गर्नु हुँदैन । यो राशिको शुभ रङ्ग रातो हो । रातो कपडा लाएर काम गर्ने यो राशिका व्यक्ति सफल हुन्छन् । यो राशिका मानिसले मुसुरोको दाल साइत हेरेर दान गर्नु शुभ मानिन्छ ।

वृषः यो राशिभएकाहरुलाई कलाकारिता फाप्छ । व्यापार गर्ने यो राशिका मानिसहरुले गाडीका पाठपूर्जा, इलेक्ट्रिक सामानको व्यापार, वा चलचित्र वा सङ्गीतसंग सम्बन्धित व्यापार गर्यो भने निकै फाप्छ । सेतो रङ्ग यो राशिको शुभ रंग हो । किरानाको व्यापार पनि फाप्ने यो राशि भएका व्यक्तिहरुले हरियो कपडा हत्तपत्त प्राय: गर्नु हुन्न । यो राशिलाइ पनि समग्रमा जागिर नै फाप्छ ।

मिथुनः यो राशि भएका व्यक्तिहरुले जागिर नै गरेको राम्रो हुन्छ । शुभ रंग हरियो भएको यो राशिका व्यक्तिहरु कला क्षेत्रमा निकै राम्रो हुन्छन् । यिनीहरुले अध्यापन क्षेत्रमा निकै राम्रो गर्न सकछन् । यी राशि भएका व्यक्तिहरुले एकाउन्ट, फाइनान्स वा गणित विषय लिंदा धेरै राम्रो हुन्छ । व्यापारका हिसावले यो राशिका मानिसहरुलाई कृषिजन्य सामाग्री वा कृषिको व्यापार निकै फाप्छ ।

कर्कटः यो राशि भएका व्यक्तिले जागिर भन्दा व्यापार नै गरेको रार्मो । जलीय वस्तु, सख्खर, चामल, चाँदी, शिक्षण, वस्त्र, स्त्रीको कपडा, रेशम, सौन्दर्य सामाग्री, रंग, लगायतका बस्तुको कारोबार गर्दा यो राशिलाई फाइदा हुन्छ । जागिर नै गर्ने हो भने बैंकिङ क्षेत्र राम्रो छ ।

सिंहः यो राशिका व्यक्तिलाई जागिर नै फाप्छ । यो राशि भएका व्यक्तिले बसेर गर्ने काम गर्दा फाइदा हुन्छ । लेखापाल, कम्प्युटरको काम आदि बसेर गरिने काम गर्दा यो राशि भएका व्यक्तिलाई निकै फाप्छ । यो राशि भएका व्यक्तिले व्यापार नै गर्ने हो भने कपडाको व्यापार गर्दा राम्रो हुन्छ ।

कन्याः कन्या राशि भएका व्यक्तिलाई जागिरको तुलनामा व्यापार नै फाप्छ । चिनीजन्य बस्तुको व्यापार गर्दा यो राशिलाई निकै फाइदा पुग्छ।

तुलाः यो राशिलाई जागिर बढी फाप्छ । यो राशि भएका व्यक्तिले अभियन, संगीत, सेना, व्यवस्थापन, कानून, बैंक, बिमा, फाइनान्स, मेसिनरी र कम्प्युटरको काम गर्दा निकै राम्रो हुन्छ । व्यापार नै गर्ने हो भनेपनि यहि क्षेत्रसंग सम्बन्धित काममा हात हाले फाइदाजनक हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *