तीन वटा बैंकको भवनमा आगलागी हुदा मानिसहरु पैसा टिपन भागाभाग गरिरहेका छ्न!हेर्नुहोस् भिडियो

महोत्तरीको बर्दिवास नगरपालिकास्थित तीन वटा बैंकहरु रहेको भवनमा सोमबार दिउँसो आगलागी भएको छ ।

तीन तले भवनको दोस्रो तल्लामा रहेको सिद्धार्थ बैंकको कोठाबाट अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रबी रावलले जानकारी दिए ।

उनका अनुसार अचानक आगलागी भएको सूचना पाएपछि प्रहरीसहित नेपाली सेनाको टोली र दमकल पुगेर आगो निभाउने प्रयास गरिरहेको छ ।

सिद्धार्थ बैंकको माथिल्लो तल्लामा कामना विकास र नेपाल एसबिआई बैंक रहेको छ । आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको र थप विवरण पछि संकलन गरिने डीएसपी रावलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *