वर्षौँको अन्तरालमा नागपञ्चमीको दिन अद्भुत योग बन्दै, यी ३ राशिलाई हुनेछ चौतर्फी लाभै-लाभ !

श्रावण शुक्ल पक्ष पञ्चमी तिथी मङ्गलबार र उत्तरा फाल्गुनी नक्षत्र तथा शिव योग पर्दैछ, जुन अत्यन्त शुभ रहेको छ । नागपञ्चमीमा भगवान शिव र नागदेवको पूजा गर्नाले विशेष गरी सिद्धि प्राप्त हुन्छ । यस दिन नाग देवताको पूजा गर्ने विशेष महत्त्व शास्त्रमा उल्लेख गरिएको छ । ज्योतिष शास्त्रका अनुसार यस शुभ योगको कारण यी राशिलाई अत्यन्तै शुभ हुने भएको छ । जान्नुहोस् कुन-कुन राशि ?

मिथुन राशि -कार्यस्थलमा राम्रो वातावरण रहनेछ, रोकिएको धन प्राप्त हुनेछ। बहस, कुनै पनि प्रकारको बहस नगर्नुहोस्। स्वास्थ्य राम्रो रहनेछ, पुराना रोगको अन्त्य हुनेछ। आर्थिक आम्दानी सामान्य रहनेछ। परिवारका साथ तीर्थस्थल जाने अवसर मिल्नेछ। यदि तपाईं विद्यार्थी हुनुहुन्छ भने प्रतिस्पर्धात्मक परीक्षाहरूमा सफलताको सम्भावना छ।

कन्या राशि -व्यापारमा भएको आर्थिक संकट पार हुनेछ, तर कुनै पनि स्थानमा लगानी बुद्धिमानीपूर्वक गर्नुहोस्। निर्णय लिन हतार नगर्नुहोस्, वरिष्ठको सल्लाह लिएर मात्र काम गर्नुहोस्। विशेष गरी अपरिचित महिलाहरु सावधान हुनुहोस्। व्यापारमा वृद्धि हुनेछ । वैदशिक क्षेत्रबाट लाभ हुनेछ । सन्तानको तर्फबाट शुभ समाचार सुन्न पाइने छ ।

कुम्भ राशि -रोकिएको धन फिर्ता पाउन सक्नुहुन्छ। मेहनतको उचित लाभ हुनेछ। कार्यक्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । लेखनमा रुचि बढ्नेछ। व्यापार व्यवसायका लागि समय राम्रो छ । स्वास्थ्यमा गडबडी हुनसक्छ, सचेत रहनुहोला । कार्यालयमा मान सम्मान बढ्नेछ, उच्च अधिकारीहरू खुसी हुनेछन्। आर्थिक लाभ हुने अपेक्षा गरिएको छ । केही शुभ समाचार प्राप्त हुन सक्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *