आज श्रावण शुक्ल पञ्चमी अष्टनागको पुजा बिधि

काठमाडौं । आज श्रावण शुक्ल पञ्चमीका दिन घरघरमा अष्टनागको तस्बिर घरको मूलढोका माथी गोबरले टाँसेर परम्परागतरुपमा पुजा आराधनागरि मनाइदैँछ । उक्त तस्बिरमा गाईको दुध , दहि , दुबो , फूल, अक्षता , सिंदुर र जौतिल राखी बिधि पुर्वक पुजा गरिन्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

”अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी। एध्यहि मनसा देवी नागमातर्नमोऽस्तुते॥” मन्त्रले नाग देवताको प्रथना गर्ने प्रचलन रहेको छ । यस दिन नाग देवताको व्रत समेत लिने गरिन्छ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु यस दिन नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरी अष्टनागको चित्र टाँसे पछि घरमा चट्याङ नखस्ने तथा आग्लागी समेत नहुने र सर्प , बिच्छी आदि जस्ता बिषालु जीवको डरसमेत नहुने धार्मिक आस्था बोकेका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *