विहान उठ्नै वित्तिकै गर्नुहोस् यी काम, हुने छैन पैसाको कमी

वस्तु शास्त्रमा ,आफूले मेहेनत गरेर कमाएको पैसा घरमा कस्तो ठाउँमा राख्दा उत्तम हुन्छ भन्ने कुरालाई महत्वका साथ बताइएको छ । घरको कुन दिशामा पैसा राख्दा लक्ष्मीले संधैब वास गर्छिन भन्ने कुरा स्पष्ट रुपमा उल्लेख गरिएको छ ।यदि तपाई आफ्नो कमाईबाट आर्जित धनको राम्रो संचय गर्न चाहनुहुन्छ भने वस्तुशास्त्रमा बताइएका यी कुराहरुमा राम्रो ध्यान दिनुहोला । वस्तु शास्त्रका अनुसार घरको यी दिशामा आफूले कमाएको पैसा राख्दा राम्रो संचय हुने र दैनिक थप्दै जाँदा धेरै बचत हुनेछ । यसमा शास्त्र उल्लेख गरे अनुरुप आफूले कमाएको पैसा राख्दा फजुल खर्च समेत नियन्त्रण हुदैं जानेछ र कुनै पनि परिवार वा व्यक्तिले धेरै धन आर्जन गर्न सक्नेछन् ।पूर्व दिशा यदि तपाईहरु आफूले प्राप्त गरेको पैसा कुनै दराज वा अन्य लकरमा राख्नुहुन्छ भने ती चिजहरुलाई घरको पूर्वी दिशामा राख्नु फलदायी हुनेछ । यसरी संचय गरिएको पैसा निश्चित रुपमा वृद्धि हुँदै जाने छ । तपाईहरुले घरको पश्चिम दिशामा आफ्ना गरगहना अर्थात् बहुमुल्य वस्तुहरु राख्दा उत्तम हुनेछ ।उत्तर दिशा यदि तपाईहरुले आफूले पैसा ,गरगहना वा अन्य बहुमुल्य वस्तु राखेको दराज उत्तर दिशमा खुल्नेगरि राख्नु उत्तम हुनेछ । यसरि राखिएको यी चिजहरु कहीँले नघट्ने र समय बित्दै जाँदा बढ्दै जाने मान्यता रहेको छ ।दक्षिण दिशा यदि तपाईले पैसा सहित आफ्ना बहुमुल्य वस्तुहरु दक्षिण दिशमा राख्नु भएमा कुनै नोक्सान नहुने तर वृद्धि भने कुनै मात्रामा नहुने कुरा वस्तु शास्त्रमा बताइएको छ । त्यसैले दक्षिण दिशामा यी चिजहरु राख्नु उत्तम मानिदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *