बिराटनगर जाँदै गरेको बस दुर्घटना के भयो हेर्नुहोस ?

सिद्धिचरण लोकमार्गको कटारी घुर्मी सडक खण्डमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सोलुखुम्बुबाट विराटनगर हिँडेको बा३ख २९५६ नम्बरको बस उदयपुरको कटारी नगरपालिका–४ मरुवामा अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सोमबार दिउँसो साँढे २ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

दुर्घटनामा बस चालक मोरङ विराटनगर महानगरपालिका–११ का ३० वर्षीय सरोजकुमार झा, पाँचथर फिदिम नगरपालिका–५ का २४ वर्षीय भूपेन्द्र पोखरेल, कटारी नगरपालिका–४ का ३२ वर्षीय तेजकुमार राई, मोरङ रंगेली नगरपालिका–७ का ६० वर्षीय खड्कबहादुर भुजेल, खोटाङ हलेसी तुवातुङ नगरपालिका–७ का २५ वर्षीय सञ्जीव राउत

सिद्धिचरण नगरपालिका–१ का ५० वर्षीय टेकराज कोइराला, ३२ वर्षीय युवराज कोइराला, मोरङ कानेपोखरी नगरपालिका–७ का ६० वर्षीय गंगादेवी भुजेल, ३६ वर्षीय धनमाया भुजेल, सिन्धुली फिकल गाउँपालिका–४ का ७० वर्षीय जितबहादुर बिसुङखे, सिद्धिचरण नगरपालिका–३ का ३८ वर्षीय यादबकुमार दाहाल र ओखलढुंगा मोलुङ गाउँपालिका–२ रामपुरका ३३ वर्षीय तेजप्रसाद नेपाल घाइते भएको जनाएका छन् ।

घाइते मध्ये गम्भीर अवस्थाका पाँचथर फिदिम नगरपालिका–५ का २४ वर्षीय भूपेन्द्र पोखरेल, कटारी नगरपालिका–४ का ३२ वर्षीय तेजकुमार राई, मोरङ रंगेली नगरपालिका–७ का ६० वर्षीय खड्कबहादुर भुजेल, ओखलढुंगा सिद्धिचरण नगरपालिका–१ का ५० वर्षीय टेकराज कोइराला, ३२ वर्षीय युवराज कोइराला, मोरङ कानेपोखरी नगरपालिका–७ का ६० वर्षीय गंगादेवी भुजेल, ३६ वर्षीय धनमाया भुजेल,

सिन्धुली फिकल गाउँपालिका–४ का ७० वर्षीय जितबहादुर बिसुङखेलाई कटारी अस्पतालमा उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ । बाँकी घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *