सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ।

सोमबार ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । यता, मंगलबार चाँदीको भाउ स्थिर रहेर प्रति तोला १ हजार २२० रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *