वसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा कार्यरत नर्सको दुर्घटनामा मृत्यु भएको छ। महानगरीय प्रहरी प्रभाग कार्यालय टोखाका अनुसार २६ वर्षीया रोजिना महर्जनको मृत्यु भएको हो।टोखा नगरपालिका-३ झुडोलमा आइतबार महर्जनले चलाइरहेको स्कुटर र मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो। तीब्र गतिमा आएको मोटरसाइकलसँग ठक्कर खाएर स्कुटर लड्दा महर्जन गम्भीर घाइते हुनुभएको थियो।टोखा नगरपालिका-३ झुडोलमा आइतबार महर्जनले चलाइरहेको स्कुटर र मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो। तीब्र गतिमा आएको मोटरसाइकलसँग ठक्कर खाएर स्कुटर लड्दा महर्जन गम्भीर घाइते हुनुभएको थियो।प्रहरी प्रभाग कार्यालय टोखाका अनुसार दक्षिणबाट पश्चिमतर्फ आउँदै गरेको बा ९६ प २४४५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा २९ प १०९८ नम्बरको स्कुटर एकापसमा ठक्कर खाएको थियो।सोही दुर्घटनामा मोटरसाइकल चालक टोखा नगरपालिका-३ का २४ वर्षीया समीर श्रेष्ठ गम्भीर घाइते भएका छन्।
मोटरसाइकल र स्कुटर ठोक्किदा ग्रिनसिटी अस्पतालमा कार्यरत नर्स रोजिनाको मृत्यु
