बाइक/स्कुटर चलाउँदै हुनुहुन्छ ? ट्राफिक प्रहरीले ल्याएको नयाँ नियमबारे थाहा पाइराख्नुहोस् !

काठमाडौं उपत्यकामा सवारी चलाउनेहरुका लागि नयाँ नियम जान्न जरुरी भएको छ । सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कडा नियम ल्याएको हो ।

दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले यतिबेला लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिनुभयो ।“सडकमा हतार गरी अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारवाहीको दायरामा ल्याएका हौं ।” उहाँले भन्नुभयो ।

ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पहिलोपटक ररु. पाँचसय, दोस्रो पटक रू. एक हजार र तेस्रो पटक पछि रू. एक हजार पाँच सय जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ । यस आ.व. मा १२,८६८ चालकलाई लेन अनुशासनमा कारवाही गरी जनचेतनामूलक कक्षा दिइसकेको छ ।

ट्राफिक प्रहरीले सिसीटिभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामराबाट समेत लेन अनुशासनको अनुगमन गरी कारवाही गर्दै आएको छ । आज लेन चोरेर भागि हाले नी प्रहरीले देखेन भन्दै हुनुहुन्छ भने तपाई गलत हुनुहुन्छ । अहिले प्रहरीले प्रविधिको प्रयोग गरेर तपाई माथी नगरानी राखेको छ ।

पछि त्यो भिडियोका आधारमा जहाँपनि तपाईको सवारी समात्न सक्छ । सिसीटिभीबाट पनि लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधनको नम्बर टिपेर चालकलाई फोन गरी बोलाउने तथा चालककै घरमा चिठी पठाएर जरिमानासमेत गर्ने गरेको छ ।

लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने भएकोले लेनको सही प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *