आज ५ बजेदेखि बिप्लब को बन्द गर्ने घोषणा!हेर्नुस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बुधवार काठमाडौंमा बढ्दो महंगीबिरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महंगीबिरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो ।

आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर बिरोध प्रदर्शन गरेको थियो । काठमाडौंको भृकुटीमण्डप, लतिपुर, भक्तपुरलगायत मुख्य शहरमा पनि बिरोध प्रदर्शन गरेको राप्रपाले जनाएको छ ।

विरोध प्रदर्शनपछि बोल्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष एवं राप्रपा नेतृ अञ्जना रावलले आफूहरुले सरकारलाई बढ्दो महंगीको बारेमा ध्यानाकर्षण गराइसकेको तर सरकारले कुनै चासो नदेखाएकोले शान्तिपूर्ण रुपमा दोस्रो चरणको आन्दोलन आजबाट शुरु गरेको बताइन् । उनले संगठनले आज शान्तिपूर्ण रुपमा थाल ठटाएर आन्दोलन गरेको र आगामी दिनमा माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिइन् ।

रावलले भनिन, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दोस्रो चरणको आन्दोलन शुरु गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाईमा सरकारले गरेको महंगीको बिरुद्धमा हामी सरकारलाई ध्यानाकर्षण गराउनको लागि थाल ठटाएर सडकमा आएका छौँ । हाम्रो दोस्रो चरणको आन्दोलन पनि सुनुवाई भएन भने तेस्रो चरणको आन्दोलन भदौको पहलिो हप्तामा शुरु गर्नेछौँ ।’

महँगीले नेपालीहरूको भान्सा महँगो भएको भन्दै जनता यस्तो अवस्थामा खान नसक्ने अवस्थामा पुगेकोले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ । राप्रपाले पछिल्लो समय महँगी, भ्रष्टाचारबिरूद्ध सडकमा आन्दोलन गर्दै आएको छ । राप्रपाले महंगीलाई नियन्त्रण गरेर जनतालाई राहत पुर्याउन सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****सरकारले माग पूरा नगरे देशभर थप आन्दोलन गर्ने राप्रपाको चेतावनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *