साताकाे तेस्रो दिन आज (साउन १७ गते) मंगलबार नेपाली बजारमा सुनकाौ भाउ बढेकाे छ भने चाँदीकाे भाउ स्थिर रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सय रुपैयाँले बढेर ९५ हजार ६ रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज मंगलबार तेजावी सुन प्रतितोलामा ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य आज मंगलबार भने स्थिर रहेकाे छ । आज चाँदीको मूल्य स्थिर रहदै १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।