काठमाडौं । नेपाल वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैंकबीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । निर्धारित सेवा अवधि पूरा गरेका निगमका कर्मचा’रीहरुले सरल कर्जा प्रा’प्त गर्न’सक्ने गरी उक्त सम्झौता गरिएको हो। सम्झौ’तामा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल र बैँकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे ।
तलबी बचत खाता संचालनमा रहेका र निगममा ५ वर्ष सेवा अ’वधि पूरा गरेका स्थायी कर्मचारीले नि’गमको सिफारिसमा बि’ना धितो स’रल कर्जा उपभोग गर्न पाउनेछन् भने सेवा अवधि ३ वर्ष’भन्दा कम भएका कर्म’चारीलाई कर्जा प्र’वाहसम्बन्धी विधि बैंकले तोके बमोजिम हुनेछ। निमगको सिफारिसमा सरल कर्जा १५ लाखसम्मको हुनेछ ।
*यहाँ तल क्लिक गर्नुहोस**सरल कर्जा सुविधा उपभोग गर्ने क’र्मचारीले सेवा अवधि बाँ’की छँदै रा’जीनामा गरेमा वा कुनै कारण सेवामा बहाल रहन अ’योग्य भई सेवा’बाट हटेमा बैंकलाई बुझाउन बाँकी रकम निगमका तर्फबाट निजले पाउने जुनसुकै रकमबाट कट्टा गरी बैंकलाई उपलब्ध गराइनेछ।कर्जाको व्याजदर हाललाई आधारदर ५.७४ प्रतिशतमा २ प्रतिशत प्रिमियम थप गरी ७.७४ प्रतिशत रहनेछ ।